
- चिरफार डटकम, विराटनगर २२४ पटक हेरिएको
आइतबार, साउन २५, २०८२ समय : १८:०२:२८ , ४ घन्टा अगाडि
विराटनगरका ४९ जना मारवाडी युवालाई नेपाली सेनाले राखी बाधेका छन् । मारवाडी युवा मञ्च विराटनगरले नेपाली सेनासँग रक्षाबन्धन कार्यक्रमको आयोजना गरेका थिए ।
मोरङको कटहरी गाउँपालिका स्थित नेपाली सेनाको थलाहा ब्यारेकमा आयोजित रक्षाबन्धन कार्यक्रममा नेपाली सेनाले मारवाडी युवालाई राखी बाँधिदिएका हुन् ।
जनैपूर्णिमा अर्थात् रक्षाबन्धनको दिन शनिबार विराटनगरका मारवाडी युवा नेपाली सेनासँग राखी बाँध्न थलाहा ब्यारेक पुगेका थिए ।
मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी, मारवाडी युवा मञ्च विराटनगरका पूर्व अध्यक्ष एवं नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय अध्यक्ष गोपाल अग्रवाल, मारवाडी युवा मञ्च विराटनगरका पूर्व अध्यक्ष राजेश लखोटिया, मारवाडी युवा मञ्च विराटनगरका सल्लाहकार विकास लालवानी र नेपाली सेनाको थलाहा ब्यारेकका मेजर अदिति गुरुङको उपस्थितिमा रक्षाबन्धन कार्यक्रम सञ्चालन भएको थियो ।
मेजर अदिति गुरुङले मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीलाई राखी बाँधेर रक्षाबन्धन कार्यक्रमको शुभारम्भ गरेका थिए ।