विराटनगरका मनोजकुमार यादव राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्यमा नियुक्त

  • चिरफार डटकम, विराटनगर २१३  पटक हेरिएको

बुधबार, साउन २८, २०८२ समय : १४:२७:१८ , ११ घन्टा अगाडि

विराटनगरका दुग्ध व्यवसायी मनोजकुमार यादवलाई राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारिणी समिति सदस्यमा नियुक्त गरेका छन् ।

यादव विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवा स्थित सूर्योदय मिल्क उद्योगका सञ्चालक हुन् ।

संघिय सरकारको कृषि तथा पशुपंछी विकास मन्त्रालयले यादवलाई २ वर्षका लागि राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारिणी समिति सदस्यमा नियुक्त गरेको हो ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयका उपसचिव दिपककुमार थापाले विज्ञप्ती मार्फत यादवको नियुक्ती बारे जानकारी गराएको हो ।