सुशिल कोइराला फाउण्डेशनको तीज कार्यक्रम भव्य

  • चिरफार डटकम, विराटनगर १६८  पटक हेरिएको

बुधबार, साउन २८, २०८२ समय : १७:४३:११ , ७ घन्टा अगाडि

सुशिल कोइराला फाउण्डेशनले विराटनगरमा आयोजना गरेको तीज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सुशिल कोइराला प्रधानमन्त्री भएको बेला नेपालको संविधान २०७२ जारी भएको थियो ।

पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधन भइसकेको छ । सुशिल कोइराला फाउण्डेशनले विराटनगरको होटेल मनास्लु ईनमा आयोजना गरेको तीज कार्यक्रममा नेपाली कांग्रेसका १ हजार ५ सयभन्दा बढी महिलानेतृहरुको सहभागिता रहेको थियो ।

सुशिल कोइराला फाउण्डेशनका केन्द्रीय अध्यक्ष कांग्रेसनेतृ मृदुला कोइरालाको सभापतित्वमा आयोजित तीज कार्यक्रमको उद्घाटन समारोहमा सामाजिक अभियान्ता डा. मिनाक्षी नेपाल, कांग्रेस केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल र भीम पराजुली, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री प्रमिला गच्छदार, नेपाली कांग्रेस मोरङ कार्यवाहक सभपाति भक्तिनाथ माँझी लगायतका नेताहरु तीज कार्यक्रममा सहभागि भएका थिए । कांग्रेसनेतृहरुले तीज कार्यक्रममा विभिन्न गीत र नृत्य प्रस्तुत  गरेका थिए । कांग्रेसनेतृ रिता पोखरेलले गीत र नृत्य कार्यक्रम सञ्चालन गरेकी थिइन ।