करदाताका लागि कर शिक्षा कार्यक्रम

  • चिरफार डटकम, विराटनगर २०७  पटक हेरिएको

बिहिबार, साउन २९, २०८२ समय : १८:१४:३० , ३ घन्टा अगाडि

विराट व्यापार संघको केन्द्रीय कार्यालय विराटनगरले बिहीबार करदाताका लागि कर शिक्षा कार्यक्रम आयोजना गरे । विराट व्यापार संघले आन्तरिक राजश्व कार्यालय विराटनगरको हलमा आयोजना गरेको करदाता शिक्षा कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य र करदाताहरूको सहभागिता रहेको थियो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य, विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा, वरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल, उपाध्यक्ष मनोहर कार्की, सरस्वती ओझा, महासचिव किरण ढुंगेल, उपमहासचिव श्यामलाल पौडेल (भवेष), कोषाध्यक्ष सुनिता गुरुङ सहित कार्यसमितिका सदस्यहरू सहभागी थिए ।

संघका कार्यकारी अधिकृत धरणीधर निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए । प्रमुख कर अधिकृत भुपालराज शाक्यले प्रचलित कर कानुन तथा आर्थिक विधेयक २०८२÷०८३ ले व्यवस्था गरेको कर नीतिको बारेमा करदातालाई कर शिक्षाको बारेमा जानकारी गराएका थिए ।