
- ब्रह्मदेव यादव, विराटनगर ३८३ पटक हेरिएको
शुक्रबार, साउन ३०, २०८२ समय : १४:१८:१६ , २२ घन्टा अगाडि
तेरापंथ युवक परिषद् विराटनगरले एकै दिनमा १ हजार पिन्ट रगत संकलन गर्ने तयारी सुरु गरेको छ । तेरापंथ युवक परिषदले २०८२ साल असोज १ गते विराटनगरको विभिन्न स्थानमा क्याम्प खडा गरेर १ हजार पिन्ट रगत संकलन गर्ने अग्रिम तयारी सुरु गरेको हो । जुन रक्तदान कार्यक्रमलाई मेगा ब्लड डोनेशन ड्राइभ नाम दिएको छ ।
तेरापंथ युवक परिषद् विराटनगरले शुक्रबार विराटनगरको जैन भवनमा आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल प्रहरीका कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी इश्वर कार्की, नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुकदेव मण्डल, नेपाली कांग्रेस विराटगनर महानगर समितिका सभापति दिपक चापागाईं र विराटनगर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष मधुबाबु तिवारीले मेगा ब्लड डोनेशन ड्राइभ महोत्सवको ३० दिने जागरण तथा जनचेतना अभियान ब्यानरको शुभारम्भ गरेका छन् ।
तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त बैद्यको सभापतित्वमा आयोजित मेगा ब्लड डोनेशन ड्राइभको जागरण तथा जनचेतना अभियानको उद्घाटन समारोहमा मेयर नागेश कोइराला, डीआइजी इश्वर कार्की, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईं, विराटनगर–७ का वडाध्यक्ष मधुबाबु तिवारी, जैन श्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगड, मेगा ब्लड डोनेशन ड्राइभ कार्यक्रमका स्पोन्सर पार्टनर उद्योगी राजकुमार गोल्छा, परिषद्का उपाध्यक्ष अमित धाडेवा र महासचिव समिति सुरानाले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, राजनीतिक एवं समाजसेवी दिलिप धाडेवा, समाजसेवी पवन सुराना, लेडिज सर्कल विराटनगर–५ का अध्यक्ष महिला उद्यमी कुसुम लुनियाँ, तेरापंथ महिला मण्डल विराटनगरका अध्यक्ष मिलन नौलखा, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी कार्यक्रममा सहभागी थिए ।