भव्य समारोहका बिच सम्पन्न भयो राणी सती महोत्सव

  • चिरफार डटकम, विराटनगर १३४  पटक हेरिएको

शनिबार, भाद्र ०६, २०८२ समय : २३:००:४१ , ६ घन्टा अगाडि

विराटनगरमा आयोजना गरिएको श्री राणी सती महोत्सव सम्पन्न भएको छ । श्री राणी सती महोत्सव आयोजक समिति विराटनगरले शुक्रबार र शनिबार गरी दुई दिने महोत्सवको आयोजना गरेका थिए । ३ हजार भन्दा बढी विराटनगरवासीले श्री राणी सती महोत्सवको अवलोकन गरेका थिए ।

श्री राणी सती महोत्सवको अवलोकन गर्नेहरूमा महिलाको संख्या बढी रहेको थियो । विराटनगरको अतिथि सदनमा महोत्सवको आयोजना गरिएको थियो । जुन महोत्सव भव्य रूपमा सम्पन्न भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव शुक्रबार महोत्सवको शुभारम्भ समारोहमा सहभागी भएका थिए ।

विराटनगरका समाजसेवी एवं धार्मिक व्यक्तित्व देवकिनन्दन अग्रवाल, श्रवण अग्रवाल, राजकुमार अग्रवाल, गोविन्द झुनझुनवाला, अशोक झुनझुनवाला, सुधिर तोदी, गोपाल अग्रवाल, आशिष जटिया, श्याम सराबगी, सञ्जय अग्रवाल, बालकृष्ण देवडा, गोपालकृष्ण अग्रवाल सहित मारवाडी समाजका अग्रज तथा विशिष्ट व्यक्तिहरूको सहयोगमा भदौ औँसीको अवसर पारेर श्री राणी सती महोत्सवको आयोजना गरिएको थियो ।

महोत्सवको पहिलो दिन शुक्रबार मेहन्दी उत्सव, चुरा उत्सव र भजनकृतनको आयोजना गरिएको थियो । नेपाल र भारतका भजनकृतन टोली महोत्सवमा भजनकृतन प्रस्तुत गरेका थिए । दोस्रो दिन शनिबार सामूहिक संगितमय मंगलपाठ, गजरा उत्सव, महाआरती र महाप्रसादको आयोजना गरिएको थियो ।