
- चिरफार डटकम, विराटनगर १५८ पटक हेरिएको
आइतबार, भाद्र ०८, २०८२ समय : १६:४८:४७ , ८ घन्टा अगाडि
नेपाल प्रेस यूनियनको कोशी प्रदेश समितिले आमसञ्चार विधेयकका विरुद्ध आइतबार विराटनगरमा उल्टो यात्रा गरेका छन् ।
कोशी प्रदेश सरकारले सञ्चार क्षेत्रलाई अङ्कुश लगाउने गरी ल्याएको आमसञ्चार विधेयकका विरुद्ध नेपाल प्रेस यूनियनको कोशी प्रदेश समितिले उल्टो हिँडेर विधेयकको विरोध गरेका छन् ।
पत्रकारहरूले हात र मुखमा कालो पट्टी बाँधेर उल्टो हिँडेका थिए । विराटनगरको देवकोटा चौकबाट हाटखोला स्थित विराटनगर जेलसम्म पुग्न पत्रकारलाई २० मिनेट समय लागेको थियो ।
नेपाल प्रेस यूनियनको कोशी प्रदेश समितिले आइतबार विराटनगरको देवकोटा चौकबाट उल्टो हिँड्दै हाटखोला पुगेर विरोध सभाको आयोजना गरेका थिए ।
नेपाल प्रेस यूनियन कोशी प्रदेश समितिका अध्यक्ष मीनकुमार नवोदितले कोशी प्रदेश सरकार आमसञ्चार विधेयक ल्याएर पत्रकारलाई जेलसम्म पुर्याउने कानुनी व्यवस्था गर्न लागेकोले त्यसको विरोधमा उल्टो यात्रा गरेको बताए ।
सरकारले आमसञ्चार विधेयक मार्फत पत्रकारलाई दण्ड र जरिवानाको व्यवस्था गर्न लागेकोले त्यसको विरोध स्वरूप हात र मुखमा कालोपट्टी बाधेको अध्यक्ष नवोदितले बताए ।
कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक शुक्रबार कोशी प्रदेश सभामा दर्ता भइसकेको छ ।