
- चिरफार डटकम, विराटनगर २०६ पटक हेरिएको
सोमबार, भाद्र ०९, २०८२ समय : १८:११:४२ , ८ घन्टा अगाडि
सोमबारदेखि विराटनगरबाट औपचारिक रूपमा ब्रेकिङ नेपाल डट कम अनलाइन पोर्टलको प्रकाशन सुरु भएको छ ।
लामो समयदेखि प्रिन्ट मिडिया र टेलिभिजन मिडियामा कार्यरत पत्रकार मीनकुमार नवोदितको टिमले ब्रेकिङ नेपाल डट कम अनलाइन सञ्चालनमा ल्याएको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले ब्रेकिङ नेपाल डट कम अनलाइनको शुभारम्भ गरे ।
विराटनगर महानगरपालिकाको वडा नं. ११ स्थित धरान विराटनगर सडक खण्ड अन्तर्गत पारस अस्पतालको पछाडि तर्फ कोशी होटेलको माथिल्लो तल्लामा स्थापना गरिएको अनलाइन कार्यालयको समेत उद्घाटन गरिएको छ । पत्रकार मीनकुमार नवोदित अनलाइनको अध्यक्ष रहेका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेल, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, विराटनगर–११ का वडाध्यक्ष तिथेन्द्र न्यौपाने, विराटनगर–९ का वडाध्यक्ष विश्वनाथ भगत (लालु) अनलाइनेका शुभारम्भ समारोहमा सहभागी भएका थिए ।