
- ब्रह्मदेव यादव, विराटनगर ६४९ पटक हेरिएको
सोमबार, भाद्र १६, २०८२ समय : १४:५८:२० , २ दिन अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) ले कोशी प्रदेशका ३५ उद्योगको सर्वेक्षण गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले महासंघको कोशी प्रदेश समिति सँग समन्वय र सहकार्य गरेर कोशी प्रदेशका ३५ उद्योगको सर्वेक्षण गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिले महासंघको कोशी प्रदेश समिति सँग समन्वय र सहकार्य गरेर सोमबार विराटनगरमा आयोजना गरेको वातावरण र सामाजिक सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशमा सञ्चालन भइरहेको ३५ उद्योगका सञ्चालक तथा प्रतिनिधिहरूले उद्योगको अवस्थाबारे सर्वेक्षण फारम भरेका छन् ।
कार्यक्रममा सहभागी मध्ये ३५ उद्योगका सञ्चालक तथा प्रतिनिधिहरूले उद्योगको सम्पूर्ण विवरण सर्वेक्षण फारममा भरेका हुन् । इन्टरनेशनल फाइनाइन्स कर्पोरेशन (आइ.एफ.सी.) विश्व बैंकको इकाइ हो । र उसैको पहलमा कोशी प्रदेशमा सञ्चालन भइरहेको उद्योगको अवस्थाबारे सर्वेक्षण फारम मार्फत औद्योगिक अवस्थाबारे बुझ्न खोजेको हो । सोमबार विराटनगरमा भराइएको औद्योगिक फारम आइ.एफ.सी.को केन्द्रीय कार्यालयमा पठाइने छ ।
विश्व बैंकले कोशी प्रदेशको उद्योगको अवस्था बुझिसकेपछि अनुदान दिएर सहयोग गर्ने लक्ष्य राखेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कार्यक्रममा सहभागी विश्व बैंकका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि तथा उद्योगीलाई स्वागत गर्दै महासंघको कोशी प्रदेश समिति कोशी प्रदेश सरकारसँग सहकार्य गरेर कोशी प्रदेशलाई समृद्ध प्रदेश बनाउने अभियानमा लागि परेको बताए ।
अध्यक्ष राउतले महासंघ कोशी प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर कृषि महोत्सव, ढाका महोत्सवको आयोजना गरेको बताए । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई पूर्णरुपमा सफल बनाउन महासंघको कोशी प्रदेश समितिले सहकार्य गरेको बताए ।
महासंघको कोशी प्रदेश समिति कोशी प्रदेशमा सञ्चालन भइरहेको साना उद्योगलाई संरक्षण गर्दै उद्योग सञ्चालन गरिरहेका सञ्चालकदेखि त्यहाँ कार्यरत मजदुरहरूको क्षमता वृद्धिका लागि सिपमूलक तालिम सञ्चालन गरिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टीकाराज ढकाल, उद्योग संगठन मोरङका पुर्व अध्यक्ष अशोक मुरारका, मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्य समिति सदस्य देवकिनन्द अग्रवाल, श्रवण अग्रवालको कार्यक्रममा सहभागिता रहेको थियो ।