विराटनगरको सेन्ट्रल मलमा खुल्यो, रेमण्ड ब्राण्डको सोरुम

  • चिरफार डटकम, विराटनगर ५१९  पटक हेरिएको

बुधबार, भाद्र १८, २०८२ समय : १४:२५:०३ , २ दिन अगाडि

विराटनगरको सेन्ट्रल मलमा रेमण्ड ब्राण्डको रेडिमेड कपडा पसलको सोरुम खुलेको छ । विराटनगरको सेन्ट्रल मलमा सेन्ट्रल बजार सञ्चालन गरिरहेका राकेश जैनको समूहले ५० लाख रुपैयाँको लागतमा रेमण्ड ब्राण्डको रेडिमेड कपडा पसलको सोरुम सञ्चालनमा ल्याएको हो ।

सेन्ट्रल मलको प्रवेशद्वाराको पहिलो तल्लामा १२ र १३ नम्बरको दुई वटा कोठालाई एउटै कोठा बनाएर सुविधा सम्पन्न रेडिमेड कपडा पसलको सोरुम सञ्चालनमा ल्याएको हो । सेन्ट्रल बजारका सञ्चालक राकेश जैनले बुधबार भव्य समारोहका बिच रेडिमेड कपडा पसल सोरुमको शुभारम्भ गरेका छन् ।

भारतमा सर्ट, पेन्ट र कोर्टको कपडा उत्पादन र बिक्री वितरण गर्ने बहुचर्चित कम्पनी हो । कम्पनीले पछिल्लो समय सटिङ–सुटिङ सँगै सर्ट, पेन्ट र भेष्ट लगायतका रेडिमेड कपडा उत्पादन गरेर विश्व भर विक्री वितरण गरिरहेका छन् । विराटनगरको सेन्ट्रल मलमा खुलेको रेमण्ड ब्राण्डको रेडिमेड कपडा पसलको सोरुमबाट पार्क एभिन्यू, कलर प्लस, पार्स र रेमण्ड गरी ४ ब्राण्डको रेडिमेड कपडाको बिक्री सुरु गरेको छ । जस मध्ये कलर प्लस सबै भन्दा महंगो ब्राण्ड हो ।

न्यूनतम ३ हजारदेखि ८ हजार रुपैयाँसम्म कपडाको मूल्य रहेको छ । विराटनगर सहित कोशी प्रदेशवासी भारतीय कम्पनीको ब्राण्डेड कपडा खरिद गर्न भारतको सिलिगुडी पुग्नु पर्ने बाध्यता थियो । उपभोक्ताको हितलाई ध्यानमा राखेर नेपालीहरूको महाचार्ड पर्व विजया दशमी, तिहार र छठ पर्वको पूर्व सन्ध्यामा सेन्ट्रल बजारको सञ्चालक टिमले विराटनगरमा नै भारतको बहुचर्चित रेमण्ड ब्राण्डको रेडिमेड कपडा पसलको सोरुम सञ्चालनमा ल्याएको सञ्चालक राकेश जैनले बताए ।

विराटनगरको सेन्ट्रल बजार सञ्चालक टिमले भारतीय कम्पनी रेमण्डको उद्योगबाट नै सिधै कपडा खरिद गरेर विराटनगर ल्याउने भएकोले भारतको विभिन्न सहरमा जुन दररेटमा रेमण्ड ब्राण्डको कपडा पाइन्छ त्यही दररेटमा विराटनगरमा कपडा पाइने सञ्चालक जैनले बताए ।

विराटनगरको सेन्ट्रल मलमा टाइटन घडीको सोरुम, जेन्स पार्क, हर्ष ब्राण्ड र रेमण्ड ब्राण्डको रेडिमेड कपडा पसल खुलेको छ । यतिको ब्राण्डेड कपडा पाइने विराटनगरको सेन्ट्रल मल कोशी प्रदेशको पहिलो मल पनि हो ।