शिक्षादीप कलेजका संस्थापक विनोद सिवाकोटी शेयर बेचेर अमेरिका प्रस्थान

  • चिरफार डटकम, विराटनगर ३४४  पटक हेरिएको

बिहिबार, भाद्र १९, २०८२ समय : १४:०६:२८ , १६ घन्टा अगाडि

विराटनगरस्थित शिक्षादीप कलेजका संस्थापक सञ्चालक विनोद सिवाकोटी शेयर बेचेर अमेरिका प्रस्थान गरेका छन् । शिक्षादीप कोशी प्रदेशको १ नम्बर र नेपालको उत्कृष्ट कलेज हो ।

यस्तो प्रतिष्ठित शिक्षण संस्था सञ्चालन गरिरहेका सिवाकोटी शेयर सदस्य बिक्री गरेर अमेरिका हिँडेका हुन् । सिवाकोटीलाई डिभी चिठ्ठा परेर अमेरिकन नागरिक भएकोले सधैका लागि नेपाल छोडेका छन् । शिक्षादीपक कलेजमा रहेका शेयर सिवाकोटीले बिक्री गरेका छन् ।

शिक्षादीप कलेजका सञ्चालक भुपेन्द्र दाहाल (भुपी), सिवाकोटीलाई अमेरिकन डिभी चिठ्ठा परेको र सधैका लागि उतै बस्ने निर्णय गरेकोले वहाँले कलेजमा लगानी गरेको शेयर बिक्री गरेको बताए ।

शिक्षादीप कलेजका सञ्चालक एवं प्रिन्सिपल ज्ञानबहादर खड्का सहित सञ्चालकहरूले सिवाकोटीलाई कलेजबाट बिदाइ गरेका छन् ।