एसियन थाइफुड्सको नयाँ उत्पादन ‘डेभिल्स हट चिकेन नुडल्स’ को बिक्री सुरु

  • चिरफार डटकम, विराटनगर ३२८  पटक हेरिएको

शुक्रबार, भाद्र २०, २०८२ समय : १६:०१:५८ , ३ दिन अगाडि

एसियन थाइफुड्स कम्पनीले नयाा उत्पादन ‘डेभिल्स हट चिकेन नुडल्स’ को बिक्री सुरु गरेको छ । कम्पनीका निर्देशक जयश्री जाजुले १ सेप्टेम्बर २०२५ अर्थात् २०८२ भदौ १६ गतेदेखि नुडल्सको बिक्री सुरु भइसकेको जानकारी गराए ।

अन्तर्राष्ट्रिय बजारमा चाउचाउ भन्दा नुडल्सको माँग अत्याधिक रहेकोले कम्पनीले बजार र उपभोक्ताको माँग अनुसार नयाँ उत्पादन डेभिल्स हट चिकेन नुडल्सको उत्पादन र बिक्री सुरु गरेको हो ।

नेपालको ठुला मलदेखि साना पसलबाट नुडल्सको बिक्री सुरु गरेको हो । कम्पनीले नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा समेत नुडल्सको बिक्री सुरु गरेको हो ।

मसलाको सन्तुलन र स्वाद खोज्ने उपभोक्तालाई लक्षित गरेर कम्पनीले नयाँ उत्पादन डेभिल्स हट चिकेन नुडल्स बजारमा ल्याएको हो । नुडल्सको प्रति प्याकेट मूल्य रु. ५० र ५ प्याकेटको मूल्य रु. २५० कायम गरेको छ ।

नुडल्स खरिद कर्ता उपभोक्तालाई सुविधा प्रदान गर्ने गरी कम्पनीले निःशुल्क रूपमा चकलेट उपलब्ध गराउने व्यवस्था गरेको छ ।

कम्पनीका निर्देशक जयश्री जाजुले पिरो पछि गुलियोको स्वाद दिलाउन नुडल्सको प्याकेट भित्रै चकलेट उपलब्ध गराइएको बताए ।