रानी नाका खुकुलो 

  • ब्रह्मदेव यादव, विराटनगर ३०८  पटक हेरिएको

बिहिबार, भाद्र २६, २०८२ समय : १४:०५:१९ , २ दिन अगाडि

रानी नाकालाई विहीबारदेखि खुकुलो पारिएको छ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको नेपाल र भारतको अन्तर्राष्ट्रिय सिमानाकालाई खुकुलो परिएको हो ।

रानी नाकाको सुरक्षाको जिम्मेवारी सम्हाली रहेका सशस्त्र प्रहरी बल नेपाल रानी गुल्मका प्रमुख डिएसपी विकास खतिवडाले नेपाल र भारतको नागरिकलाई सहज र सरल तरिकाले आवतजावत गर्न दिने गरी नाका खुकुलो बनाइएको बताए ।

रानी नाका खुकुलो भएसँगै सर्वसाधारण जोगबनी पुग्दै दशैको किनमेल गरेर विराटनगर फर्किरहेका छन् । जेन-जी आन्दोलनको कारण सुरक्षाकर्मीले ४ दिनदेखि सर्वसाधारणलाई जोगबनी प्रवेशमा रोक लगाएका थिए ।