मेगा ब्लड डोनेशन ड्राइभमा ५ सय ३२ जनाले गरे रक्तदान

  • चिरफार डटकम, विराटनगर २२६  पटक हेरिएको

बुधबार, आश्विन ०१, २०८२ समय : २१:००:५४ , १२ घन्टा अगाडि

तेरापंथ युवक परिषद् विराटनगरले बुधबार आयोजना गरेको रक्तदान महोत्सवमा ५ सय ३२ जनाले रक्तदान गरेका छन् । परिषद्ले विराटनगर सहित ७ बेग्लाबेग्लै स्थानमा रक्तदान महोत्सवको आयोजना गरेका थिए ।

विराटनगरको जैन श्वेताम्बर तेरापंथ सभा भवनलाई केन्द्र बिन्दु बनाएर मेगा ब्लड डोनेशन ड्राइभ महोत्सवको आयोजना गरेका थिए । जुन महोत्सव मार्फत ५ सय ३२ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक अमित धाडेवाले बताए ।

मारवाडी युवा मञ्च विराटनगरका पूर्व अध्यक्ष एवं वरिष्ठ सल्लाहकार राजेश लखोटियाले परिषद्को महोत्सवमा ५७ औं पटक रक्तदान गरेका थिए ।

नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सह–कोषाध्यक्ष फुलकुमार लालवानीले जैन भवनमा रक्तदान महोत्सवको उद्घाटन गरेका थिए ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईं, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल सहित विशिष्ट व्यक्तहरू रक्तदान महोत्सवमा सहभागिता जनाएका थिए ।

परिषद्का अध्यक्ष अरिहन्त वैद्य, परिषद्का पूर्व अध्यक्ष पंकज लुनियाँले रक्तदान गर्ने रक्तदातालाई स्वागत गरेका थिए । सामाजिक संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरूले रक्तदान कार्यक्रमलाई सहयोग गरेका थिए ।