- चिरफार डटकम, विराटनगर ६११ पटक हेरिएको
बिहिबार, आश्विन ०२, २०८२ समय : १५:४३:३३ , ७ महिना अगाडि
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी फेरिएका छन् । १ वर्षदेखि मोरङमा कार्यरत नारायण प्रसाद चिमरियाको सरुवा भएको छ । एसपी कबित कटुवालको मोरङमा आगमन भएको छ ।
अवैध चोरी तस्करी र लागुऔषध ओसारपसार मोरङको मुख्य समस्या रहेका छन् । यही सेरोफेरोमा रहेर मोरङ प्रहरी प्रमुखले आफ्ना सुरक्षा योजना बनाएर काम गर्ने गरेका छन् ।
पछिल्लो समय मोरङ प्रहरी समक्ष अपराध मुख्य समस्याको रूपमा देखा परेका छन् । र अपराधका घटनामा मोरङ अगाडी रहेका छन् ।