- चिरफार डटकम, विराटनगर ४९६ पटक हेरिएको
मंगलबार, आश्विन ०७, २०८२ समय : १३:५३:२२ , ७ महिना अगाडि
वरिष्ठ समाजसेवी दिनबन्धु गोयलले मंगलबार विराटनगर महानगरपालिकाको ११ नम्बर वडालाई १ थान कम्प्यूटर उपलब्ध गराएका छन् ।
भाद्र २४ गते जेन–जी युवा पुस्तालले गरेको शान्तिपूर्ण आन्दोलनको क्रममा विराटनगर ११ नम्बर वडाको कम्प्यूटर जलेर नष्ट भएको थियो ।
कम्प्यूटरको अभावमा जनतालाई सेवा प्रवाह गर्न नसकिरहेको अवस्थामा समाजसेवी गोयलले छिटो छरितो सेवा सुचारु गर्न विराटनगर ११ नम्बर वडालाई १ थान कम्प्यूटर उपलब्ध गराएको हो ।
समाजसेवी गोयल विराटनगर ११ नम्बर वडाकै बासिन्दा हुन् । र आफ्नो वडावासीलाई छिटो छरितो सेवा लिन देख्न चाहेकोले १ थान कम्प्यूटर सहयोग गरेको हो । समाजसेवी गोयलका कर्मचारीले विराटनगर ११ का वडाध्यक्ष तिथेन्द्र न्यौपानेलाई कम्प्यूटर हस्तान्तरण गरेका हुन् ।