- ... ३२१ पटक हेरिएको
शनिबार, फाल्गुण ०६, २०७९ समय : १८:०२:३३ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
नेकपा एमालेले पार्टी भित्र निष्कृय रहेका कार्यकर्तालाई बिदाई र नयाँ आगन्तुकलाई स्वागत गर्ने तयारी गरेको छ । जसका लागि नेकपा एमाले १ नं. प्रदेश कमिटिले २ महिने पार्टी सुद्धिकरण र सगंठन विस्तार अभियान सञ्चालन गरेको छ ।
नेकपा एमाले १ नं. प्रदेश कमिटि इन्चिार्ज राजेन्द्र गौतम, प्रदेश अध्यक्ष तुलसी न्यौपाने, केन्द्रिय सदस्य जीवन घिमिरे, प्रदेश सचिव चिन्तन पाठक प्रदेश कमिटि प्रचार प्रसार विभाग प्रमुख घनश्याम खतिवडाले शनिबार विराटगनरमा पत्रकार सम्मेलन गरेर पार्टीको गतिविधिमा संलग्न नहुने कार्यकर्ताहरुलाई पार्टीको साधारण सदस्य नरहनेगरी बिदाई गर्ने तयारी भईरहेको जानकारी गराए ।
एमालेले २०७९ फागुन ५ गतेदेखि सुरु गरेको पार्टी भित्र बैचारी बिचलन तथा सांगठनिक अराजकता २ महिलने अभियान २०८० बैशाख ९ गते समापन हुनेछ । पार्टीका प्रदेश कमिटि इन्चिार्ज राजेन्द्र गौतमले संघिय, प्रदेश र स्थानीय तह गरी ३ तहकै निर्वाचनमा पार्टीका अधिकारीक उम्मेदवारको विरुद्धमा उम्मेदवारी दर्ता गर्ने र उनिहरुको समर्थक तथा प्रस्तावक बस्ने पार्टीका कार्यकर्ताहरुलाई पार्टीबाट निष्काशन गर्ने बताए ।
एमालेले पार्टीको २ महिने अभियानको क्रममा पार्टी सदस्यता बढाउने तयारी गरेको छ । आगामी ३ तहकै निर्वाचनमा ५१ प्रतिशत भन्दा बढि सिट जित हासिल गर्ने गरी एमालेले व्यापक रुपमा नयाँ सदस्यता वितरण गर्ने तयारी गरेको छ । पार्टीले निर्धारण गरेको मापदण्ड विपरित सदस्यता वितरण नगर्ने प्रदेश कमिटि अध्यक्ष तुलसी न्यौपानेले बताए ।