- चिरफार डटकम, विराटनगर ३१२ पटक हेरिएको
शुक्रबार, आश्विन १०, २०८२ समय : १६:०९:३९ , १ महिना अगाडि
नेपालीहरूको महान चार्ड विजया दशमीको अवसरमा विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित दुर्गा चौकमा भव्य दुर्गा पूजाको आयोजना हुन गइरहेको छ ।
विजया दशमीको अवसरमा २१ वर्षदेखि दुर्गा चौकमा भव्य समारोहको आयोजना गरेर दुर्गा पूजा मनाइन्छ । दुर्गा पूजाको नामबाट दुर्गा चौकको नामाकरण गरिएको छ । युवा व्यवसायी सन्दिप लालवानीलाई यस वर्ष दुर्गा पूजा समारोह समितिको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ ।
समितिमा जोगेन्द्र नारायण राय उपाध्यक्ष, ईश्वर निरौला सचिव र सन्तोष भगतलाई कोषाध्यक्ष पदको जिम्मेवारी दिइएको छ । घनश्याम थापालाई समितिको संयोजकको जिम्मेवारी तोकेको छ ।
समितिले अष्टमी र नवमी गरी दुई दिनसम्म भव्य रूपमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । समितिले प्रत्येक वर्ष ५ लाख भन्दा बढी रकम खर्चेर दुर्गा पूजा आयोजना गर्ने गरेका छन् ।
विजया दशमी सकिसकेपछि कोशी ब्यारेजमा मूर्तिको विसर्जन गरिने परम्परा छ । मूर्ति विसर्जन गरिसकेपछि चौठारीमा भव्य भन्डारा (प्रसाद वितरण) को आयोजना गरिन्छ । जुन भन्डारामा सबै समुदायका विशिष्ट व्यक्तिहरूको सहभागिता जनाउँछन् ।