- ब्रह्मदेव यादव, विराटनगर ३७६ पटक हेरिएको
आइतबार, आश्विन १२, २०८२ समय : १७:०८:१६ , ७ महिना अगाडि
एशियन थाईफुड्स कम्पनीले उत्पादन सुरु गरेको डेभिल्स हट चिकेन नुडल्सलाई युवा पुस्ताले खुबै रुचाएका छन् । जसका कारण डेभिल्स नुडल्सको बजार माँग उच्च छ ।
२०८२ भाद्र १६ गतेदेखि एशियन थाईफुड्स कम्पनीले सुनसरीको सोनापुरस्थित उद्योगबाट डेभिल्स नुडल्सको उत्पादन सुरु गरेको हो । छोटो समयमा युवा पुस्ता मन जित्न सफल डेभिल्स पहिलो नुडल्स पनि हो । मसलाको सन्तुलन र स्वाद खोज्ने उपभोक्तालाई लक्षित गरेर कम्पनीले नयाँ उत्पादन डेभिल्स नुडल्स बजारमा ल्याएको हो ।
अन्तर्राष्ट्रिय बजारमा नुडल्सको माँग उच्च छ । नेपाल सहित अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर कम्पनीले डेभिल्स नुडल्सको उत्पादन सुरु गरेको हो । कम्पनीले उपभोक्तालाई पिरो सँगै गुलियो पस्किने प्रयास गरेका छन् ।
डेभिल्स नुडल्सको प्रत्येक प्याकेट भित्र चोकोवेफर राखिएको छ । उपभोक्ताले पिरो स्वादमा डेभिल्स नुडल्स खाइसकेपछि लगत्तै चोकोवेफर चक्लेटको गुलियो स्वाद लिन पाउने छन् । कम्पनीले आक्रमक रुपमा डेभिल्स नुडल्सको प्रचार प्रसार गरिरहेका छन् ।
कम्पनीले ३ दिन अगाडी लगातार ३ दिनसम्म काठमाडौंबाट बुद्ध एयरको बिमानबाट देशको जुनसुकै सहरमा उडान भरेका उपभोक्तालाई स्वाद टेस्ट गराउन निःशुल्क रुपमा डेभिल्स नुडल्स वितरण गरेका छन् ।
बुद्ध एयरबाट यात्रा गर्ने यात्रुलाई बोर्डिङ पासको आधारमा एक/एक प्याकेट डेभिल्स नुडल्स उपभार स्वरूप उपलब्ध गराइएको कम्पनीका निर्देशक आशिष जाजुले बताए । एशियन थाईफुड्स कम्पनीले उत्पादन गरिरहेको नुडल्स र स्नाक्स विश्वको ३० वटा देशमा निर्यात गरिरहेका छन् । र अब नयाँ उत्पादन डेभिल्स नुडल्स ३० वटै देशमा निर्यात गर्ने तयारी भइरहेको निर्देशक जाजुले बताए ।