‘नर सेवा-नारायण सेवा’ द्वारा ४ हजार ५ सय जनालाई प्रसाद वितरण

  • चिरफार डटकम, विराटनगर ५४७  पटक हेरिएको

बिहिबार, आश्विन १६, २०८२ समय : २२:३७:५७ , ७ महिना अगाडि

नेपालीहरूको महान चार्ड बडा दसैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा ‘नर सेवा-नारायण सेवा’ नामक सामाजिक संस्थाले विजया दशमीको दिन बिहीबार विराटनगरमा ४ हजार ५ सय भन्दा बढी सर्वसाधारणहरूलाई प्रसाद वितरण गरेका छन् ।

‘नर सेवा-नारायण सेवा’ विशुद्ध सामाजिक संस्था हो । जुन संस्थाले २ वर्षदेखि विराटनगरस्थित कोशी अस्पतालका बिरामी र कुरुवालाई निरन्तर निःशुल्क रूपमा दिवा खाना वितरण गर्दै आइरहेका छन् ।

कोशी अस्पताल बाहेक श्री राधाकृष्ण रथयात्रा र विजया दशमीको दिन ‘नर सेवा-नारायण सेवा’ ले सडकबाटै सर्वसाधारणहरूलाई प्रसाद वितरण गरिरहेका छन् ।

‘नर सेवा-नारायण सेवा’ का पदाधिकारी, सदस्य र शुभचिन्तकहरूको सहयोगमा बिहीबार विजया दशमीको मेला हेर्न विराटनगर आएका ४ हजार ५ सय भन्दा बढी सर्वसाधारणहरूलाई प्रसादको रूपमा पुरी, तरकारी र हलुवा वितरण गरेका थिए ।

‘नर सेवा-नारायण सेवा’ विराटनगरका संयोजक पृथ्वीकुमार अग्रवालको नेतृत्वमा विराटनगर महानगरपालिकाको वडा नं. ९ स्थित कलेज रोडमा टेन्ट लगाएर प्रसाद वितरण गरेका हुन् । बिहीबार दिनको १ः३० बजेबाट सुरु भएको प्रसाद वितरण कार्यक्रम राती १० बजेसम्म चलेको थियो ।