- चिरफार डटकम, विराटनगर ९७६ पटक हेरिएको
सोमबार, आश्विन २०, २०८२ समय : १३:०५:५१ , ७ महिना अगाडि
नेपाल अग्रवाल सभा विराटनगरले बाढी पीडितको घर–घरमा पुगेर राहत सामग्री वितरण गरेका छन् । नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले विराटनगर महानगरपालिकासँग समन्वय र सहकार्य गरेर आइतबार विराटनगर–१२ को बाढी पीडित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको हो ।
विराटनगर–१२ को बाढीबाट डुबानमा परेका क्षेत्र बखरी, मलङ्वा र दरैया बस्तीको घर–घरमा पुगेर सभाले राहत सामग्री वितरण गरेको हो । असोज १९ र २० गते लगातार दुई दिनसम्म परेको अविर वर्षाका कारण मोरङ र सुनसरीको सिमानाबाट बगिरहेको केशलिया खोलाको पानी विराटनगर–१२ मा प्रवेश गर्दा २ सय भन्दा बढी घरमा पानी पसेका छन् ।
पानी पसेको सबै घरमा पुगेर नेपाल अग्रवाल सभा विराटनगरले राहत सामग्री वितरण गरेका हुन् । नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले निरन्तर वर्षाका वावजुत पनि ५ घण्टा समय लगाएर पानीजहाज मार्फत ४ किलोमिटर क्षेत्रको दुरी तय गर्दै बाढी पीडित परिवारलाई चिउरा, भुजा, चाउचाउ, बिस्कुट, पानी, प्याज, नुन, खुर्सानी लगायतका सामग्री वितरण गरेका थिए ।
नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले समाजका हरेक क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिहरुको सहयोगमा २ सय भन्दा बढी बाढी पीडित परिवारलाई राहत सामग्री वितरण गरेको बताए ।