- चिरफार डटकम, विराटनगर ६७६ पटक हेरिएको
सोमबार, आश्विन २०, २०८२ समय : १३:०७:३४ , ७ महिना अगाडि
विराटनगरको डुबान क्षेत्रमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको खोजी सुरु भएको छ ।
कांग्रेस नेता डा. कोइरालाको निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं. ६ यतिखेर डुबानमा परेका छन् । र डुबानमा परेका बाढी पीडित क्षेत्रका जनताले डा. शेखर कोइरालाको खोजी सुरु गरेको हो ।
डुबानमा परेर कष्टकर जीवन बिताइरहेका मतदाता आफ्ना नेता डा. शेखर कोइरालाको खोजी गरिरहेका छन् । तर डा. शेखर कोइराला बेपत्ता सूचीमा रहेका छन् ।
जेन–जी आन्दोलनको क्रममा रहेका विराटनगरको कोइराला निवास जलेपछि डा. शेखर कोइरालाको बसाई काठमाडौँमा सरेको छ । काठमाडौँ बसाई पछि डा. शेखर कोइरालाको विराटनगर आवतजावत पातलिएको छ ।
असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण डा. शेखर कोइरालाको निर्वाचन क्षेत्रका जनता डुबानमा परेका छन् । र मतदाताले राहत सामग्रीको अभाव महसुस गरिरहेका छन् ।
यस्तो बेलामा आफ्ना क्षेत्रका मतदातालाई राहत सामग्री उपलब्ध गराएर सहयोग गर्नु पर्ने ठाउँमा डा. शेखर कोइराला सम्पर्क विहीन भएका छन् । र उनको उनकै निर्वाचन क्षेत्रका मतदाताले व्यापार खोजी गरिरहेका छन् ।