३ सय जना बाढी पीडितलाई लायन्स, रोटरी, लियो र माहेश्वरी समाजको राहत सामग्री

  • चिरफार डटकम, विराटनगर ५९३  पटक हेरिएको

सोमबार, आश्विन २०, २०८२ समय : १८:२१:३३ , १ हप्ता अगाडि

लायन्स क्लब, रोटरी क्लब, लियो क्लब र माहेश्वरी समाजको सहयोगमा विराटनगरका ३ सय जना बाढी पीडित परिवारलाई सोमबार राहत सामग्री प्रदान गरिएको छ ।

शनिबारदेखि परेको अविरल वर्षाका कारण घर डुबानमा परेका विराटनगर–१६ स्थित दरैया बस्तीका ३ सय जना परिवारलाई लायन्स क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर मिड टाउन,  लियो क्लब अफ विराटनगर र माहेश्वरी समाजले सोमबार राहत सामग्री प्रदान गरेको हो ।

घर डुबानमा परेर विराटनगर–१६ स्थित दुर्गा मन्दिरको धर्मशालामा बास बसिरहेका ३ सय जना परिवारलाई क्लबका पदाधिकारीहरूले राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

लायन्स क्लबका पूर्व डिष्ट्रिग गभर्नर  फुलकुमार लालवानी, लायन्स क्लब अफ विराटनगरका अध्यक्ष मनोज मुन्दडा, रोटरी क्लब अफ विराटनगर मिड टाउनका अध्यक्ष तथा माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा,  लायन्स क्लब अफ विराटनगरका पूर्व अध्यक्ष राम अवतार अग्रवाल, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले विराटनगर महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष प्रकाश साहको रोहबरमा बाढी पीडितको उद्धार कार्यमा सक्रिय रहेका युवालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

लायन्स क्लबका पूर्व डिष्ट्रिक गभर्नर फुलकुमार लालवानी, रोटरी क्लब अफ विराटनगर मिड टाउनका अध्यक्ष उद्योगी घनश्याम काबरा र लायन्स क्लब अफ विराटनगरका अध्यक्ष मनोज मुन्दडाले चिउरा, भुजा, भुजिया, बिस्कुट, चाउचाउ सहित ओछ्याउने सामग्री बाढी पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।