
- चिरफार डटकम, विराटनगर २९४ पटक हेरिएको
बिहिबार, आश्विन २३, २०८२ समय : १३:०७:५८ , ५ दिन अगाडि
लाइभ इन्टरटेन्टमेन्टले असोज ३१ गते शुक्रबार विराटनगरमा म्युजिक फेस्टिबलको आयोजना गर्न गइरहेको छ । विराटनगरस्थित जैन भवनको प्राङ्गणमा म्युजिक फेस्टिबलको आयोजना गर्न लागिएको आयोजक संस्था विराटनगर म्युजिक फेस्टिबलले जानकारी गराए ।
विराटनगर म्युजिक फेस्टिबलका व्यवस्थापक एवं संयोजक सन्तोष महत (स्यान्ट्रो) ले बिहीबार पत्रकार सम्मेलन गरेर नेपालीहरूको महान चाड शुभ दीपावलीको अवसरमा जेन्जी युवा पुस्तालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ म्युजिक फेस्टिबल कार्यक्रम आयोजना गर्न लागेको बताए ।
म्युजिक फेस्टिबल कार्यक्रममा युवा पुस्ताका प्रख्यात ब्याण्ड स्वर र प्रख्यात गायक पूर्ण राईको प्रस्तुति रहने छ । प्रख्यात ब्याण्ड स्वरले ५ लाख ५० हजार र प्रख्यात गायक पूर्ण राईले ४ लाख ५० हजार रुपैयाँ शुल्क लिएका छन् । कार्यक्रम सम्पन्न गर्न २० लाख भन्दा बढी रुपैयाँ खर्च हुने आयोजक संस्था विराटनगर म्युजिक फेस्टिबलका संयोजक स्यान्ट्रोले बताए ।
विराटनगर स्थित जैन भवनको प्राङ्गणमा ५ हजार दर्शक अटाउने क्षमता छ । आयोजक संस्थाले ५ हजार नै दर्शक भित्र्याउने गरी टिक बिक्री गरिरहेका छन् । आयोजक संस्थाले भिआइपी टिकटको १ हजार रुपैयाँ र सामान्य टिकटका लागि ३ सय रुपैयाँ मूल्य तोकेको छ । असोज ३१ गते शुक्रबार साँझ विराटनगर स्थित जैन भवनमा विराटनगर म्युजिक फेस्टिबल मनोरञ्जनपूर्ण सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रमबाट बचेको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने संयोजक स्यान्ट्रोले बताए । कार्यक्रममा स्मृति ब्याण्डको प्रस्तुति रहने छ । कोशी प्रदेशको प्रख्यात स्मृति ब्याण्ड २५ वर्षमा प्रवेश गरेको छ । कार्यक्रममा स्मृति ब्याण्डलाई २५ वर्ष पुगेको अवसरमा सम्मान गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका संयोजक स्यान्ट्रोले बताए ।