प्रेमिकाले प्रेमिको लिंग काटिदिए

  • चिरफार डटकम, विराटनगर १६५  पटक हेरिएको

बुधबार, आश्विन २९, २०८२ समय : १४:३२:०३ , ५ घन्टा अगाडि

मोरङ जिल्लाको कटहरी गाउँपालिकामा भाडा गरी बस्ने प्रेमिकाले प्रेमिको लिंग काटिदिएका छन् । जहदा गाउँपालिकाका ३२ वर्षीय प्रकाश कामतलाई उनकै प्रेमिका ३० वर्षीय सुनिता कामतले लिंग काटिदिएको हो ।

प्रेमी कामत र प्रेमिका कामतको कटहरी गाउँपालिका स्थित भाडाको कोठामा यौनसम्पर्क गरिरहेको बेला प्रेमिका कामतले धारिलो हतियार प्रयोग गरेर प्रेमी कामतको लिंग काटिदिएको हो ।

प्रेमी कामत लामो समयदेखि प्रेमिका कामतको कोठामा आउने जाने गरेका थिए । दुवै जना श्रीमान् श्रीमती भएको दाबी गरे पनि उनीहरूको दाबी पुष्टि हुन सकेन । र दुवै जना प्रेमी प्रेमिका रहेको पुष्टि भएको छ ।

प्रेमी र प्रेमिका कामत बिच वादविवाद भएको र प्रेमिका कामतले प्रेमी कामतको लिंग काट्ने पूर्व तयारीका साथ कोठामा यौनसम्पर्क गर्न बोलाएको बेला लिंग काटिदिएको सूचना बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले प्रेमिका कामतले प्रेमी कामतको लिंग काटिदिएको पुष्टि गरेको छ । प्रेमी कामतको नोबेल मेडिकल अस्पताल विराटनगरको आइसियु कक्षमा उपचार भइरहेको छ । प्रेमी कामतको लिंगको शल्यक्रिया भइसकेकोले  उनी खतरा मुक्त रहेको नोबेल अस्पतालले जानकारी गराएको छ ।