- चिरफार डटकम, विराटनगर २५३ पटक हेरिएको
मंगलबार, कार्तिक ११, २०८२ समय : १४:२९:०२ , १ दिन अगाडि
भारतको विहार राज्यमा हुन गइरहेको निर्वाचनमा महागठबन्धनको तर्फबाट मुख्यमन्त्री पदका उम्मेदवार तेजस्वी यादवलाई जननायकको रूपमा चित्रण गरिएको छ ।
तेजस्वी यादव विहारका पूर्व मुख्यमन्त्रीद्वय लालु यादव र राबडीदेवी यादवका कान्छो छोरा हुन् ।
लालु यादवको पार्टी राष्ट्रिय जनता दलका वरिष्ठ नेता अब्दुलबारी सिद्धिकीले विहारका पूर्व मुख्यमन्त्री कर्पुरी ठाकुर र लालु यादवपछि तेजस्वी यादव जननायकको रूपमा अगाडी बढी रहेको बताए । तर जननायकको दर्जा प्राप्तिका लागि तेजस्वी यादवलाई परिपक्क हुन केही समय लाग्ने नेता सिद्धिकीले बताए ।