- ... २६८ पटक हेरिएको
आइतबार, फाल्गुण ०७, २०७९ समय : १६:१४:१८ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
प्रजातन्त्र दिवसको अवसरमा मारवाडी यूवा मञ्च विराटनगरले आइतबार विराटनगरको बाल सुधार गृहमा जुस तथा बिस्कुट वितरण गरेका छन् ।
मारवाडी यूवा मञ्च विराटनगरका अध्यक्ष जय शर्मा, पूर्वअध्यक्ष नन्दकिशोर राठी, राजेश लखोटिया, महासचिव मोहित अग्रवाल लगायतका पदाधिकारीहरुले विराटनगर–३ स्थित बाल सुधार गृहमा पुगेर जुस तथा बिस्कुट वितरण गरेका थिए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेल, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदप्रसाद पोखरेल र प्रदिप साह, शसत्र प्रहरी उपरिक्षक तिर्थबहादुर थापा, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख नगेन्द्रप्रसाद दाहाल र जिल्ला समन्वय समिति मोरङका उपाध्यक्ष उषा झाले सुधार गृहमा जुस तथा बिस्कुट वितरण गरेका थिए ।