भन्सार प्रतिनिधि कुन्दन मण्डल प्रहरी हिरासतमा 

  • चिरफार डटकम, विराटनगर ३००  पटक हेरिएको

बुधबार, कार्तिक १९, २०८२ समय : १४:१९:१० , ३ घन्टा अगाडि

विराटनगर भन्सार कार्यालयका भन्सार प्रतिनिधि कुन्दन मण्डल प्रहरी हिरासतमा पुगेका छन् । मण्डल मंगलबार रातीदेखि प्रहरी हिरासतमा रहेको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी प्रमुख प्रहरी इन्स्पेक्टर कविन राईले जानकारी गराएका छन् ।

विराटनगर भन्सार कार्यालयमा बोलकबोल गरेभन्दा लुकाइछिपाई बढी सामान लान खोजेपछि प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले मण्डललाई पक्राउ गरेर प्रहरी हिरासतमा पुर्‍याइ दिएको हो । मण्डलको प्रज्ञापन पत्रमा हस्ताक्षर गरेका भन्सार एजेन्ट सौगात पोखरेल माथि समेत छानबिन सुरु भएको प्रमुख भन्सार अधिकृत श्रेष्ठले जानकारी गराए ।

मंगलबार विराटनगर भन्सार कार्यालयबाट मण्डलले बोलकबोल गरेर जाँच पास गराएको सामानमा लुकाइछिपाई बढी सामान लान खोजेपछि सुराकीको आधारमा प्रमुख भन्सार अधिकृत श्रेष्ठले मण्डल र उनको गाडीलाई नियन्त्रणमा लिएका छन् ।

चिरफार डटकम सँग कुरा गर्दै प्रमुख भन्सार अधिकृत श्रेष्ठले भन्सार अधिकृतको नेतृत्वमा छानबिन समिति गठन गरेर मण्डलबारे छानबिन सुरु भइसकेको बताए । मण्डलको प्रज्ञापन पत्रमा हस्ताक्षर गरेका भन्सार एजेन्ट सौगात पोखरेल माथि समेत छानबिन सुरु भएको प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए ।