“तोकिएकै मितिमा निर्वाचन गराउने मोरङ प्रशासनको तयारी”

  • चिरफार डटकम, विराटनगर १६३  पटक हेरिएको

शुक्रबार, कार्तिक २१, २०८२ समय : १५:२९:५८ , ३ घन्टा अगाडि

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सरकारले तोकेकै मितिमा २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने तयारी भइरहेको जानकारी दिएको छ ।

भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन पछि गठन भएको प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको चुनावी सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मिति तोकेको छ ।

कार्तिक १६ गतेदेखि मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका प्रमुख जिल्ला अधिकारी कट्टेलले शुक्रबार विराटनगरका सञ्चारकर्मी सँग अन्तरक्रिया गर्दै सरकारको प्राथमिकतामा रहेको फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउने गरी तयारीमा जुटेको बताए ।

कार्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम समावेश गराउने काम भइरहेको छ । मंसिरदेखि निर्वाचनका लागि चाहिने आवश्यक जनशक्ति छनौटदेखि तयारीको काम सुरु हुने प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए ।

मोरङमा निर्वाचन भव्य रुपमा सफल बनाउन राजनीतिक दलका प्रतिनिधि सभा संवाद र छलफल आयोजना गर्न लागेको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवाल, सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गणका प्रमुख एसपी राजेश घिमिरे र राष्ट्रिय राष्ट्रिय अनुसन्धान विभाग मोरङका प्रमुख एसपी राजन शर्मा सापकोटा पत्रकार सम्मेलनमा सहभागी थिए ।