विराटनगरको प्राइम अस्पतालमा डा. संगिता मिश्राको सेवा

  • ब्रह्ममदेव यादव, विराटनगर ११३२  पटक हेरिएको

शनिबार, मंसिर १३, २०८२ समय : १५:१७:०४ , ३ दिन अगाडि

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. संगिता मिश्राले विराटनगरको प्राइम अस्पतालमा सेवा प्रवाह गर्न लागेकी छिन् । स्वास्थ्य क्षेत्रमा २५ वर्षको अनुभव बोकेका युवा उद्यमी सनातन मण्डलले ८ करोड रुपैयाँ खर्चेर सञ्चालनमा ल्याएको प्राइम अस्पतालमा डा. मिश्राले सेवा प्रवाह गर्न लागेकी छिन ।

गर्भधारण गरिसकेकी महिलाले नियमित चेक जाँच गराउनेदेखि सुरक्षित रूपमा सन्तान जन्माउनका लागि डा. मिश्राकै क्लिनिकमा पुग्ने गरेकी छिन । महिलाको रोजाइलाई ध्यानमा राखेर प्राइम अस्पतालले डा. मिश्राको सेवा प्रवाह गर्न लागेको हो ।

विराटनगरको कोशी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पुरा गरिसकेकी डा. मिश्रा नेपाल सरकारको पूर्व स्वास्थ्य सचिव भइसकेकी छिन् । लामो समयसम्म विराटनगरमा सेवा प्रवाह गरिसकेकी डा. मिश्रा पछिल्लो समय काठमाडौँमा बसेर सेवा प्रवाह गरिरहेकी थिइन ।

सनातन मण्डलको आग्रहलाई स्वीकार गर्दै डा. मिश्राले विराटनगरको प्राइम अस्पतालबाट सेवा प्रवाह गर्न लागेकी छिन । मंसिर १४ गते आइतबारदेखि प्राइम अस्पतालले सेवा सुचारु गर्दैछ ।

विराटनगरको प्राइम अस्पतालले एक दर्जन भन्दा बढी ख्याति प्राप्त विशेषज्ञ डाक्टर भित्र्याएर सेवा सुचारु गर्न लागेका छन् । अस्पतालले इमरजेन्सी, आइसीयू, एनआइसीयूदेखि सबै प्रकारको रोगको उपचार सेवा प्रवाह गर्न लागेका छन् ।

प्राइम अस्पतालबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. संगिता मिश्रा, वरिष्ठ फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा. रमेश चौरसिया, डेन्टल तथा मयागधिजेसियल सर्जन डा. मनिस अग्रवाल, न्यूरो सर्जन डा. सिलकराम चौधरी, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अजय महतो, रेडियोलोजिष्ट डा. रंजिव यादव, एमसीएचजीआई सर्जन डा. टेकनारायण यादव, प्याथोलोजिष्ट डा. श्रृजना यादव, आँखा रोग विशेषज्ञ डा. भास्कर झा, सीभीटी सर्जन डा. विजय साह, एनेथेसिया रोग विशेषज्ञ डा. विपिन यादव, छाला तथा यौनरोग विशेषज्ञ सिबी झाले सेवा प्रवाह गर्न लागेका छन् । मंसिर १४ गते आइतबार विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित अस्पताल चौकमा डाक्टर र डाक्टरका आमा बुवाहरूले प्राइम अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित