- ब्रह्मदेव यादव, विराटनगर ८५१ पटक हेरिएको
सोमबार, मंसिर १५, २०८२ समय : १७:४७:०२ , १५ घन्टा अगाडि
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ कोशी प्रदेश समितिको अध्यक्षमा सीए सुशिल अग्रवाल निर्वाचित भएका छन् । संघको कोशी प्रदेश समितिको सचिवमा गुल्सन शर्मा, कोषाध्यक्षमा श्रीप्रसाद निरौला निर्वाचित भएका छन् । रुपा सिघान्ची र मनिष श्रेष्ठ संघको कोशी प्रदेश समितिका सदस्य रहेका छन् ।

संघको मोरङ जिल्ला अध्यक्षमा सीए अश्विनी बंशल निर्वाचित भएका छन् । यस अघि बंशल नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ विराटनगर च्याप्टरको अध्यक्ष रहेका थिए । संघको मोरङ जिल्ला उपाध्यक्षमा अनन्त काफ्ले, सचिवमा रोशनकुमार यादव र कोषाध्यक्षमा युवराज उप्रेती निर्वाचित भएका छन् ।

सञ्जय बंशल, किन्जल पोखरेल, दिवाकर अग्रवाल र अन्कित राय संघको मोरङ जिल्ला सदस्य रहेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवराज उप्रेती, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका केन्द्रीय अध्यक्ष अनुप नेपाल र संघका निवर्तमान कोशी प्रदेश समिति अध्यक्ष तिर्थप्रसाद यादवले नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ झापा र सुनसरी जिल्ला समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ कोशी प्रदेश समितिले सोमबार विराटनगरमा आयोजना गरेको पदस्थापन समारोहमा नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराउँदै प्रमाणपत्र वितरण गरेका हुन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष सुभाष आचार्य पदस्थापन कार्यक्रममा सहभागी थिए ।