उद्योगमा पद अनुसारको रोजगारका लागि सीप परीक्षण अनिवार्य

  • चिरफार डटकम, विराटनगर १६३  पटक हेरिएको

बिहिबार, मंसिर १८, २०८२ समय : १६:५८:४५ , १ घन्टा अगाडि

उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा पद अनुसारको काम पाउन सीप परीक्षण प्रमाणीकरण गराउन श्रमिकलाई सुझाव दिएका छन् ।

उद्योग संगठन मोरङले बिहीबार विराटनगरमा श्रमिक ट्रेड यूनियनका पदाधिकारी सहित सरोकारवाला निकायसँग पूर्व सिकाइको मान्यता (आर.पी.एल.) विधिद्वारा गरिने सीप परीक्षणको महत्त्व र प्रक्रिया सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम मार्फत श्रमिकलाई यस्तो सुझाव दिएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । र दक्ष जनशक्तिको परिपूर्ति गर्नका लागि सीप सिकाइलाई प्रमाणीकरण गराउन श्रमिक सँग एक मात्र विकल्प रहेको बताए । श्रमिकले वर्षैदेखि सिकिरहेको सीपलाई प्रमाणीकरण गर्न सकेको खण्डमा पद अनुसारको काम र दाम पाउने अध्यक्ष राठीले बताए ।

कार्यक्रममा नेपाल व्यवसायीक योग्यता प्रणाली परियोजना (एन.एस.क्यू.एस.) का प्रबन्धक सुभाव घिमिरेले सीप सिकाई प्रक्रियाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उद्योग संगठन मोरङका उपाध्यक्ष सुरेन्द्र गोल्छा, बिपिन काबरा, कार्यसमिति सदस्य प्रतिक राउत, दिपक अग्रवाल, सन्तोष भगत, संगठनका महानिर्देशक चुडामणी भट्टराई र अधिकृत विनोद भट्टराईको सहभागिता रहेको थियो ।

सरकारले वर्षमा ३ पटकसम्म सिकेको सीपलाई आर.पी.एल. प्रविधि मार्फत प्रमाणीकरण गराउन श्रमिकलाई अवसर प्रदान गरिरहेका छन् । वर्षैदेखि सीप सिकेर प्राविधिक क्षेत्रमा श्रमिकको काम गरिरहेका श्रमिकहरू कार्यक्रममा सहभागी भएको थिए ।