- चिरफार डटकम, विराटनगर ५४१ पटक हेरिएको
शुक्रबार, मंसिर १९, २०८२ समय : १४:०७:२७ , ६ घन्टा अगाडि
विराटनगरका राजनीतिक एवं सामाजिक अभियन्ता अनुपकुमार सापकोटाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा विराटनगर महानगर समितिको वडा नं. ९ को सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
सापकोटा नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट विराटनगर महानगर समितिमा वडा नं. ९ को सचिव र १४औं महाधिवेशनबाट वडा नं. ९ को उपसभापति पदमा निर्वाचित भएका थिए ।
२०४६ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका सापकोटा लामो समयदेखि वडा नं. ९ मा हाम्रो समाज नाम गरेको सामाजिक संस्था गठन गरेर वडामा विकास निर्माणको कामलाई अगाडी बढाइ रहेका छन् ।
२०८२ पुस १६ गते नेपाली कांग्रेसको विराटनगर महानगर समितिको वडा अधिवेशनको मिति तय भएको छ । वडा अधिवेशनमा सापकोटाले सभापति पदमा चुनाव लड्ने घोषणा गरेका छन् ।
सापकोटाले आफू एक पटक सचिव र एक पटक उपसभापति भइसकेकोले यस पटक वडा सभापतिमा चुनाव लड्ने घोषणा गरेको बताए । १५औं महाधिवेशनमा विराटनगर महानगर समितिमा वडा नं. ९ बाट जोसुकैले उम्मेदवारी दिए पनि आफू सभापति पदबाट पछाडि नहट्ने बताए ।