- चिरफार डटकम, विराटनगर ३९२ पटक हेरिएको
सोमबार, मंसिर २२, २०८२ समय : १७:११:०० , १ महिना अगाडि
राष्ट्रिय निर्माण दिवसकै दिन सोमबार विराटनगरमा ६० जनाले रक्तदान गरेका छन् । १८औं राष्ट्रिय निर्माण दिवसको अवसरमा निर्माण व्यवसायी संघ मोरङले विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।

निर्माण व्यवसायी सँगै सबै क्षेत्र, तह र तप्काका व्यक्तिहरूले स्वतस्फूर्त रूपमा रक्तदान गरेको निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्रले बताए । ६० जनाले रक्तदान गरेको अध्यक्ष मिश्रले बताए ।

१८औं राष्ट्रिय निर्माण दिवसको अवसरमा विराटनगर स्थित संघको मोरङ जिल्ला कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा कोशी प्रदेश समिति र मोरङ शाखा सँग आबद्ध निर्माण व्यवसायीहरूले रक्तदान गरेका थिए ।

रक्तदान गर्ने रक्तदाताहरूलाई निर्माण व्यवसायी महासंघ कोशी प्रदेश समिति र मोरङ शाखाका अध्यक्ष सहित पदाधिकारीहरूले कदर–पत्र वितरण गरेका थिए ।