- ब्रह्मदेव यादव, विराटनगर १३०८ पटक हेरिएको
बिहिबार, मंसिर २५, २०८२ समय : १४:५९:२४ , १ महिना अगाडि
मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ फुलकुमार लालवानीको नाम सिफारिस भएको छ । भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन पछि सुशिला कार्कीको नेतृत्वमा गठन भएको सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मिति तोकिएको छ ।
लालवानी मोरङ जिल्लाको जहदा गाउँपालिकाको वडा नं. २ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका छन् । मोरङ जिल्लाको दक्षिणी सीमान्त क्षेत्रमा रहेको मोरङ क्षेत्र नं. ५ मा ९० प्रतिशत मधेसी मतदाता रहेका छन् । लालवानी विराटनगरको मारवाडी समुदायका व्यक्ति हुन् । र उनको मोरङ क्षेत्र नं. ५ मा राम्रो पकड रहेको छ ।
मोरङ क्षेत्र नं. ५ बाट सानदार जित निकाल्न कांग्रेसले लालवानीलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रूपमा नाम सिफारिस गरेको छ । लालवानी ४० वर्ष भन्दा बढी समयदेखि कांग्रेसमा सक्रिय रहेका छन् ।
कांग्रेसले पहिलो पटक लालवानीलाई प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यको लागि मोरङ ५ बाट उम्मेदवारको रूपमा नाम सिफारिस गरेको हो । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर लालवानीलाई मोरङ ५ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यमा नाम सिफारिस गरेको बताए ।
सभापति लिम्बुले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ मोरङ ५ बाट लालवानी सँगै हसन अन्सारी र राजेश गुप्ताको नाम सिफारिस भएको बताए । मोरङ ५ बाट महिला तर्फ निर्मला सुवेदीको नाम प्रतिनिधि सभा सदस्यमा सिफारिस भएको छ । मोरङ ५ बाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक तर्फ रामनारायण केवरत, अर्जुनकुमार निरौला, सुबोधकुमार सिंह र जगदेव साह सोनारको नाम सिफारिस भएको छ ।
समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यका लागि महिला तर्फ कमला श्रेष्ठ, जाश्विन मण्डल र मिना मुर्मुको नाम सिफारिस भएको छ । मोरङ ५ बाट जयनाथ मण्डल र हरिनाथ सिंह राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएको छ ।