- चिरफार डटकम, विराटनगर ५२६ पटक हेरिएको
बुधबार, पुष ०२, २०८२ समय : १५:३१:०२ , ४ महिना अगाडि
उद्योग संगठन मोरङले सङ्घीय सरकार समक्ष ९ बुँदे माँग अघि सारेका छन् । संगठनका अध्यक्ष नन्दकिशोर राठी नेतृत्वको टोली काठमाडौँ पुगेर सङ्घीय सरकार समक्ष ९ बुँदे माँग अघि सार्दै अविलम्ब माँग सम्बोधन गर्न सरकारलाई सुझाव दिएको छ ।

संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा र विपिन काबरा सहित कार्यसमितिका सदस्यहरूको टोली काठमाडौँ पुगेर सङ्घीय सरकारका अर्थमन्त्री रामेश्वर खनाल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री अनिलकुमार सिन्हा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीलाई भेटेर ९ बुँदे माँग सम्बोधन गर्न सुझाव दिएको हो ।

संगठनका अध्यक्ष राठीले सुख्खायाममा औद्योगिक क्षेत्रमा २४सैं घण्टा विद्युत आपूर्तिको व्यवस्था गर्न, सुनसरी–मोरङ तथा विराटनगर–कटहरी औद्योगिक कोरिडोरमा जिण्ड अवस्थामा रहेको ट्रान्समिसन लाइनको मर्मत सम्भार र सुनसरीमा निर्माणाधीन सबस्टेशनको निर्माण कार्य अविलम्ब पुरा गर्न सरकारलाई सुझाव दिएको छ ।