अरनिको माध्यमिक विद्यालयले मनाए ४९औं वार्षिकोत्सव

  • चिरफार डटकम, विराटनगर ४९९  पटक हेरिएको

शुक्रबार, पुष ०४, २०८२ समय : १३:४८:२१ , ४ महिना अगाडि

अरनिको माध्यमिक विद्यालय विराटनगरले ४९औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । पुस ३ गते बिहीबार र पुस ४ गते शुक्रबार २ दिने कार्यक्रम आयोजना गरेर अरनिको माध्यमिक विद्यालयले ४९औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।

अरनिकोले मनाएको ४९औं वार्षिकोत्सवको पहिलो दिन पुस ३ गते बिहीबार विराटनगर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन गिरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको दोस्रो दिन पुस ४ गते शुक्रबार नेपाल प्रज्ञाप्रतिष्ठान पूर्व सदस्य एवं विराटनगर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यका विवश पोखरेल प्रमुख अतिथि रहेका थिए ।

प्राचार्य राजेश कार्कीले अध्ययनमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा अरनिको माध्यमिक विद्यालयका विद्यार्थी अब्बल रहेका छन् । विद्यार्थीले अतिरिक्त क्रियाकलाप मार्फत गरिरहेको गतिविधिलाई ४९औं वार्षिकोत्सव मार्फत बाहिर ल्याएको प्राचार्य कार्कीले बताए ।

कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्व र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले कविता वाचन सँगै वादविवाद प्रतियोगिता र हाजिर जवाफ प्रतियोगिता मार्फत आफु भित्र रहेको प्रतिभालाई बाहिर ल्याउने प्रयास गरेका थिए । अरनिको माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १० सम्म १ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयमा अध्ययनरत १ हजार भन्दा बढी विद्यार्थीका अभिभावकको उपस्थितिमा आयोजित २ दिने कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूको उत्साह पूर्वक सहभागिता रहेको थियो । अरनिको माध्यमिक विद्यालयका सञ्चालक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा २ दिने वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको थियो ।