प्रतिनिधि सभा पुर्नस्थापना भए मात्रै प्रतिगमन सचिन सक्छ– शेरधन राई

  • चिरफार डटकम, विराटनगर ८६  पटक हेरिएको

मंगलबार, पुष ०८, २०८२ समय : १२:५६:२७ , २ घन्टा अगाडि

नेकपा एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रतिनिधि सभा पुर्नस्थापना भए मात्रै प्रतिगमन सचिन सक्ने बताएका छन् ।

मंगलबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै राईले प्रतिनिधि सभा पुर्नस्थापना एमालेको आधिकारिक बटम लाइन रहेको बताए । एमाले कोशी प्रदेश समितिले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा राईले प्रतिनिधि सभाको पुर्नस्थापना पछि गठन हुने सरकारले मात्रै चुनाव गराउन सक्ने बताए ।

सुशिला कार्की अन्तरिम सरकारको असंवैधानिक प्रधानमन्त्री रहेकोले यसले चुनाव गराउन नसक्ने राईले बताए । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिन आयोगको नाममा अनावश्यक दुःख दिने प्रयास गरेको खण्डमा सरकारका विरुद्ध प्रतिकारमा उत्रिने राईले बताए ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले असंवैधानिक सरकारका विरुद्ध एमाले प्रदेशमा आन्दोलन जारी राखेको बताए । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे र पर्शुराम बस्नेतको उपस्थिति रहेको थियो ।