१ सय ५५ जना बालबालिकाहरूलाई जाडोको न्यानो कपडा वितरण

  • चिरफार डटकम, विराटनगर ५४९  पटक हेरिएको

मंगलबार, पुष ०८, २०८२ समय : १७:१४:२६ , २ महिना अगाडि

विराटनगर लेडिज सर्कल नं. ५ ले मंगलबार विराटनगर महानगरपालिकाको वडा नं. ५ स्थित सिद्धकाली आधारभुत विद्यालयमा अध्ययनरत १ सय ५५ जना बालबालिकाहरूलाई जाडोको न्यानो कपडा वितरण गरेका छन् ।

विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका १ सय ५५ जना बालबालिकाहरूलाई स्विटर, ट्राकसुट, जुक्ता, मोजा र टोपी वितरण गरिएको लेडिज सर्कल नं. ५ का सदस्य अनिता बंशलले जानकारी गराए ।

विराटनगर लेडिज सर्कल नं. ५ का अध्यक्ष आस्था लुनियाँ, उपाध्यक्ष विनिता धाडेवा सहित लेडिज सर्कलका पदाधिकारी र सदस्यहरू मंगलबार विद्यालयमै पुगेर बालबालिकाहरूलाई जाडोको न्यानो कपडा वितरण गरेका थिए ।

केही दिनयता विराटनगरमा अत्याधिक मात्रामा जाडो बढेको छ । र जाडोले गर्दा न्यानो कपडाको अभावमा बालबालिकाहरू विद्यालय जान छोडेका छन् । गरिब तथा विपन्न परिवारका बालबालिकाहरूलाई जाडोको समयमा न्यानो कपडा वितरण गरिएको लेडिज सर्कलका अध्यक्ष आस्था लुनियाँले बताए ।