- चिरफार डटकम, विराटनगर ३१३ पटक हेरिएको
बिहिबार, पुष १०, २०८२ समय : १७:४६:४५ , २० घन्टा अगाडि
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले बिहीबार विराट ट्रेड एक्स्पोको अवलोकन गरेका छन् । पूर्व मुख्यमन्त्री कार्की सँगै कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले विराट ट्रेड एक्स्पोको अवलोकन गरेका छन् ।
मोरङ उद्योग व्यापार संघले पुस ९ गतेदेखि विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फको खुल्ला मैदानमा ११ दिने विराट ट्रेड एक्स्पोको आयोजना गरेका छन् ।

सुस्त रहेको आर्थिक क्षेत्रलाई नयाँ गति दिने उद्देश्यका साथ बुधबारदेखि सुरु भएको विराट ट्रेड एक्स्पोको दोस्रो दिन बिहीबार पूर्व मुख्यकार्की र कृषि मन्त्री हाङगामले अवलोकन गरेका छन् ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल साह, सचिव तथा विराट ट्रेड एक्स्पोका संयोजक अमित सारडाले पूर्व मुख्यमन्त्री कार्की र कृषि मन्त्री हाङगामलाई विराट ट्रेड एक्स्पोमा रहेको २ सय ३० स्टलको अवलोकन गराएका थिए ।
विराटनगरको प्राईम अस्पतालले विराट ट्रेड एक्स्पोमा स्टल राखेर एक्स्पो अवलोकन गर्न आउने सर्वसाधारणलाई निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गरिरहेका छन् ।


साथै प्राईम अस्पतालले विराट ट्रेड एक्स्पोमा सदस्यता कार्ड वितरण गरिरहेका छन् । विराट ट्रेड एक्स्पोमा सदस्य बनेका सदस्य र उनका परिवारको हकमा प्राईम अस्पतालमा उपचार सेवा लिर्दा ओपीडी सेवामा २० प्रतिशत र इन्डोर सेवामा १५ प्रतिशत छुटको सुविधा पाइने छ । यो सेवा २ वर्षसम्म लागु हुनेछ ।