- ब्रह्मदेव यादव, विराटनगर ९५ पटक हेरिएको
आइतबार, पुष १३, २०८२ समय : १५:४९:४५ , २ घन्टा अगाडि
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्यूनिष्टले देशलाई बन्दी बनाएको आरोप लगाएका छन ।
आइतबार विराटनगरमा पार्टीको मोरङ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले ३५ वर्षसम्म देशमा शासन गरेर लुटतन्त्र मच्चाएको कांग्रेस र कम्यूष्टिलाई बिदा गर्ने बेला भइसकेको बताए ।
कांग्रेस र कम्यूनिष्टबाट देशलाई छुट्कारा दिलाउन वैकल्पिक शक्तिको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडी आएको अध्यक्ष लिङ्देनले बताए ।
कांग्रेस र कम्यूनिष्टको लुटतन्त्रको विरुद्ध देशमा जेन्जी आन्दोलन भएको अध्यक्ष लिङ्देनको ठहर छ । राजसंस्थाको पुर्नस्थापना, हिन्दु राज्यको स्थापना र संघियता खारेज राष्ट्रिय प्रजातन्त्र पार्टीको बटम लाईन रहेको अध्यक्ष लिङ्देनले बताए ।
यही विषयलाई लिएर पार्टी, आगामी निर्वाचनमा जनता समक्ष पुग्ने अध्यक्ष लिङ्देनको भनाई छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई पुनः राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्काउने उद्देश्यका साथ निरन्तर संवाद जारी रहेको अध्यक्ष लिङ्देनले बताए ।