अरनिकोका प्रिन्सिपल राजेश कार्की हिसानको केन्द्रीय सचिवमा निर्वाचित

  • चिरफार डटकम, विराटनगर १२४  पटक हेरिएको

सोमबार, पुष १४, २०८२ समय : १६:३७:२३ , ५ घन्टा अगाडि

विराटनगरस्थित अरनिको माध्यमिक विद्यालयका प्रिन्सिपल राजेश कार्की उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को केन्द्रीय सचिवमा निर्वाचित भएका छन् ।

हिसानको काठमाडौँमा सम्पन्न ९औँ राष्ट्रिय महाधिवेशनबाट अरनिकोका प्रिन्सिपल कार्की केन्द्रीय सचिव पदमा निर्वाचित भएको हो । अरनिकोका प्रिन्सिपल कार्की कोशी प्रदेशबाट हिसानको केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् ।

हिसानका नवनिर्वाचित केन्द्रीय सचिव राजेश कार्की र उनको टिमले विराटनगरमा अरनिको स्कुल र अरनिको प्लस टु सञ्चालन गरिरहेका छन् ।

अरनिकोले सञ्चालन गरिरहेको कक्षा ११ र १२ तर्फको विज्ञान संकाय कोशी प्रदेशको पहिलो र नेपालको टपटेनमा रहेको शिक्षण संस्था हो ।

यहाँ कमेन्ट गर्नुहोस्