- चिरफार डटकम, विराटनगर ९०४ पटक हेरिएको
बिहिबार, पुष १७, २०८२ समय : १७:०४:४१ , ४ महिना अगाडि
विराटनगरका मारवाडी युवाले बिहीबार राष्ट्रिय टोपी दिवस मनाएका छन् । राष्ट्रिय मारवाडी युवा दिवसको अवसर पारेर मारवाडी युवा मञ्च विराटनगरले राष्ट्रिय टोपी दिवस मनाएको हो ।
विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित तिनपैनी चौकमा आयोजित राष्ट्रिय टोपी दिवस कार्यक्रममा मारवाडीदेखि गैर मारवाडी समुदायका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सह–कोषाध्यक्ष फुलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सचिव तथा मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी टोपी दिवस समारोहमा सहभागी थिए ।

मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, समाजसेवी बेनिगोपाल मुन्दडा, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, नेपाल अग्रवाल सभा विराटनगरका सल्लाहकार श्रवण अग्रवाल, राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका अध्यक्ष मनोज बस्नेत, राजनीतिक कृष्ण कार्की, उमेश यादव, रञ्जित झा, मो. कादिर टोपी दिवसमा सहभागिता जनाएका थिए ।
मारवाडी युवा मञ्च विराटनगरले कार्यक्रममा सहभागी सबै विशिष्ट व्यक्तिहरूका लागि नेपाली टोपीको व्यवस्थापन गरेका थिए । र कार्यक्रममा सहभागी सबै जनाले राष्ट्रिय टोपी दिवसको अवसरमा नेपाली टोपी लगाएर फोटो खिचाएका थिए ।