- ब्रह्मदेव यादव, विराटनगर ४८६ पटक हेरिएको
आइतबार, पुष २०, २०८२ समय : १३:३७:३२ , १ दिन अगाडि
विराटनगरका दुई वरिष्ठ उद्योगी पवन सारडा र महेश जाजु प्रतिनिधि सभा निर्वाचनमा नयाँ उम्मेदवारलाई मौका दिनुपर्ने पक्षमा उभिएका छन् ।
संविधान सभाका सदस्य एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवन सारडा र परिसंघ कोशी प्रदेश समितिका मुख्य संरक्षक महेश जाजु प्रतिनिधि सभा निर्वाचनमा सबै राजनीतिक दलले स्वच्छ छवि भएका नयाँ उम्मेदवारलाई मौका दिनुपर्ने धारणा अगाडी सारेका छन् ।
चिरफार डटकम सँग कुरा गर्दै उद्योगी सारडा र जाजुले भने– देशका दुई ठुला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेलाई निजी क्षेत्रले नयाँ पुस्तालाई ठाउँ दिनुपर्ने दिएको सुझाव कार्यन्वयन नगर्दा २०८२ भाद्र २३ र २४ गते जेन्जी युवा पुस्ताले विद्रोह गरेको बताए । निजी क्षेत्रको सुझाव कार्यान्वयन नहुँदा कांग्रेस र एमालेले सत्ता गुमाउनु परेको सारडा र जाजुको भनाई छ ।
अब पनि कांग्रेस र एमालेले देशको राजनीतिकमा बर्चश्य कायम गर्न चाहन्छ भने फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा युवा पुस्तालाई उम्मेदवार बनाउनु पर्ने सारडा र जाजुको सुझाव छ ।
कांग्रेस एमाले मात्रै नभई देशका सबै राजनीतिक दलले पार्टी जोगाउनका लागि युवा पुस्तालाई उम्मेदवार बनाउनु पर्ने पक्षमा निजी क्षेत्र रहेको सारडा र जाजुको भनाई छ ।
सारडा र जाजुले थपे– विभिन्न राजनीतिक दलमा रहेका पुराना अनुहारबाट जनता वाक्क दिक्क भइसकेका छन् । पार्टी जुन सुकै होस् आगामी निर्वाचनमा नयाँ अनुहार चाहिन्छ । र नयाँ अनुहारलाई उम्मेदवार बनाउने राजनीतिक दले सान्दार जित निकाल्छ । र त्यही दलले सरकार बनाउने हाम्रो ठम्याई हो ।