मारवाडी युवा मञ्चको कार्यक्रममा ६० पिन्ट रगत संकलन

  • ब्रह्मदेव यादव, विराटनगर ३८१  पटक हेरिएको

सोमबार, पुष २१, २०८२ समय : १६:४९:३५ , २ दिन अगाडि

मारवाडी युवा मञ्च विराटनगरले सोमबार आयोजना गरेको कार्यक्रममा ६० पिन्ट रगत संकल भएको छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गतको मारवाडी युवा दिवसको अवसरमा मारवाडी युवा मञ्च विराटनगरले मञ्चका पूर्व सदस्य तथा स्वर्णकार युवा मञ्च विराटनगरका पूर्व अध्यक्ष विजय सोनीको प्रथम पूण्यतिथिको अवसरमा सोमबार विराटनगरको रामजानी सेवा सदनमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।

नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सह-कोषाध्यक्ष एवं नेपाली कांग्रेसका वरिष्ठ नेता फुलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका कार्यकारिणी समिति सदस्य गोपाल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सचिव एवं मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, उपाध्यक्ष जुगलकिशोर राठी, विराटनगर–९ का वडाध्यक्ष विश्वनाथ भगत, नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सुकदेव मण्डल, स्वर्णकार युवा मञ्च विराटनगरका अध्यक्ष मनोज सोनी, नेपाल सुन चाँदी व्यवसायी संघ विराटनगर मोरङका अध्यक्ष शशिभुषण साह, महासचिव कमलेश अग्रवालले रक्तदान कार्यक्रमको शुभारम्भ गरेको थियो ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल र केन्द्रीय सचिव मोहित लालवानीले कार्यक्रममा रक्तदान गरेका थिए । नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की सहित ६० जनाले रक्तदान गरेको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले बताए ।

मारवाडी युवा मञ्च विराटनगरले मारवाडी युवा दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सत्ताव्यापी कार्यक्रम सञ्चालन गरिरहेका छन् । विराटनगरको सडक पेटीमा न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताइ रहेका व्यक्तिलाई मञ्चले आइतबार राती १५ थान न्यानो कम्मल वितरण गरेका छन् ।

विराटनगरको मेन रोड स्थित पञ्चमुखी हनुमान मन्दिर नजिक सडकमा प्लास्टिक ओढेर सुतिरहेका २ जनालाई एक एक थान न्यानो कम्मल वितरण गरिएको मञ्चका अध्यक्ष मोहित लालवानीले बताए ।