मानवसेवा आश्रमलाई मारवाडी युवा मञ्चको सहयोग

  • ब्रह्ममदेव यादव, विराटनगर ७१९  पटक हेरिएको

बुधबार, पुष २३, २०८२ समय : २१:४१:५४ , ३ महिना अगाडि

मारवाडी युवा मञ्च विराटनगरले मानवसेवा आश्रमलाई नगद सहित खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

मारवाडी युवा दिवसको अवसरमा मारवाडी युवा मञ्च विराटनगरले आयोजना गरेको सत्ताव्यापी कार्यक्रमको समापन समारोहमा बुधबार साँझ मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिक र बालकलाई मिष्टान्न भोजन गराउँदै नगद सहित खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

विराटनगर महानगरपालिकाको वडा नं. ३ स्थित मानवसेवा आश्रममा आश्रित ५५ जना ज्येष्ठ नागरिक र ९ जना बालक गरी ६४ जनालाई मारवाडी युवा मञ्चले मिष्टान्न भोजन गराएको हो ।

विराटनगरका मारवाडी समाजका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा मारवाडी युवा मञ्चले मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिक र बालकलाई मिष्टान्न भोजन गराइएको हो ।

मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले मानवसेवा आश्रमलाई नगद १० हजारसहित खाद्यान्न सामग्री, न्यानो कम्मल र प्लास्टिकको बाल्टिन हस्तान्तरण गरेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी राजन सापकोटा, नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सह–कोषाध्यक्ष फुलकुमार लालवानी, नेपाल मारवाडी युवा संगठनका केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल, युवा संगठनका केन्द्रीय सदस्य जय शर्मा, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष सरिता लालवानी, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाली कांग्रेसका युवा नेता विनोद बस्नेत र कृष्ण कार्की, जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष शतिश दुगड, उद्योगी एवं समाजसेवी बेनीगोपाल मुन्दडा, चम्पालाल राठी, मोहनलाल शर्मा, राकेश सुराना, मारवाडी युवा मञ्चका सत्ताव्यापी कार्यक्रम संयोजक पवन पंकज पारख मानवसेवा आश्रमको कार्यक्रममा सहभागी थिए ।

मारवाडी युवा मञ्च विराटनगरले सत्ताव्यापी कार्यक्रम अन्तर्गत नवौंउत्सव न्यू ईयर फिष्टा नाईट, टोपी दिवस, शान्ति पद यात्रा, पिक्निक, न्यानो कम्मल वितरण, रक्तदान कार्यक्रम, नेत्र दान जागरूकता अभियान सञ्चालन गरेका थिए ।