- चिरफार डटकम, विराटनगर ३३८ पटक हेरिएको
शुक्रबार, पुष २५, २०८२ समय : १४:११:२८ , ३ महिना अगाडि
माघ ९ गतेदेखि प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र “बिगुल” को ट्रेलर सार्वजनिक भएको छ । २०८२ माघ २३ र २४ गते राज्यसत्ता विरुद्ध जेन्जी आन्दोलनले उठान गरेको विषयवस्तुलाई चलचित्र “बिगुल” ले उठान गरेको छ ।

भाद्र २३ र २४ गते जेन्जी युवा पुस्ताले राज्यसत्ता विरुद्ध विद्रोह गर्दा जुन विषयवस्तुलाई उठान गरेको छ त्यही विषयवस्तुलाई समेटेर चलचित्र “बिगुल” को निर्माण गरिएको छ ।
जेन्जी आन्दोलन अघि नै चलचित्र “बिगुल” को निर्माण कार्य पुरा भएको हो । तर प्रदर्शनको तयारी गर्दागर्दै जेन्जी आन्दोलन भयो ।
जेन्जी आन्दोलनको विषयवस्तुलाई चलचित्र “बिगुल” मा उठान गरिएको छ । र चलचित्र माघ ९ गतेदेखि देशभरिको सेनेमा हलमा एक साथ प्रदर्शन हुन लागेको हो ।

चितवन निवासी दिनेश कोइरालाले “बिगुल” चलचित्रको निर्माण गरेको हो । केही दिन अगाडी विराटनगरमा चलचित्र “बिगुल” को ट्रेलर सो सार्वजनिक भएको हो ।
चलचित्र “बिगुल” का निर्माता दिनेश कोइरालाले नजिकका मित्र नेपाली कांग्रेसका नेता एवं नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष तथा लायन्स क्लबका पूर्व ड्रिष्ट्रिक गभर्नर फुलकुमार लालवानीको सहयोगमा “बिगुल” को ट्रेलर सो सार्वजनिक गरे ।
“बिगुल” को ट्रेलर सोमा विराटनगरका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।