- चिरफार डटकम, विराटनगर ८३७ पटक हेरिएको
आइतबार, पुष २७, २०८२ समय : १३:१३:०९ , ३ महिना अगाडि
विराटनगर भन्सार एजेन्ट संघले ७४औं विश्व भन्सार दिवस मनाउने तयारी सुरु गरेको छ । विराटनगर भन्सार एजेन्ट संघले २०८२ साल माघ १२ गते अथार्त २६ जनवरी २०२६ का दिन ७४औं विश्व भन्सार दिवस मनाउने तयारी सुरु गरेका छन् ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्मा २ कार्यकाल विराटनगर भन्सार एजेन्ट संघको अध्यक्ष रहेका छन् । ७ वर्षको कार्यकालमा अध्यक्ष शर्माले ७औं विश्व भन्सार दिवस मनाउने भव्य तयारी सुरु गरेका हुन् ।
अध्यक्ष शर्माका अनुसार विश्व भन्सार दिवसको अवसरमा विराटनगर भन्सार एजेन्ट संघले माघ ७ देखि १२ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्न लागेको बताए । अध्यक्ष शर्माका अनुसार भन्सार दिवसको अवसरमा उद्योगी, व्यवसायी, भन्सार एजेन्ट र सरोकारवाला निकायको सहभागितामा व्यापार सहजीकरण कार्यक्रम सञ्चालन गर्ने जानकारी गराए ।
यस बाहेक ब्याडमिन्टन प्रतियोगिता, भलिबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, फुटबल प्रतियोगिता रक्तदान कार्यक्रम, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सँगै विराटनगर महानगरपालिकाको वडा नं. १८ जतुवा स्थित गौशालामा गाईलाई आहार खुवाउने कार्यक्रम रहेको अध्यक्ष शर्माले बताए ।
माघ १२ गते विराटनगर भन्सार कार्यालयले ७४औं विश्व भन्सार दिवसको कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष शर्माले बताए । विश्व भन्सार दिवसको अवसरमा विराटनगर भन्सार एजेन्ट संघले सञ्चालन गर्ने कार्यक्रममा सहभागिता जनाएर विभिन्न विधामा उत्कृष्ट ठहरिएका खेलाडीहरूलाई नगद सहित शिल्ड र प्रमाण–पत्र प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले बताए ।