गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसबाट निस्कासित

  • चिरफार डटकम, विराटनगर ४९६  पटक हेरिएको

बुधबार, पुष ३०, २०८२ समय : १७:३३:४३ , ३ महिना अगाडि

नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि पार्टीबाट निस्कासन गरेका छन् । सहमहामन्त्री फमूला मन्सुरलाई समेत ५ वर्षका लागि पार्टीबाट निस्कासन गरेका छन् ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपा, काठमाडौँमा बसेको बैठकले महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरलाई पार्टीको साधारण सदस्यबाट समेत निस्कासन गरेका छन् ।

नेपाली कांग्रेसले महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरलाई पार्टी अनुशासन उलङ्घनको आरोपमा कारबाही गरेको हो । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशनमा जानअन्जान रूपमा सहभागिता जनाएका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा फर्किन आवहान गरेका छन् ।

महामन्त्री द्वय थापा र शर्माले कांग्रेसबाट विद्रोह गरेर काठमाडौँमा पार्टीको १५औं विशेष महाधिवेशनको आयोजना गरेका थिए ।