- चिरफार डटकम, विराटनगर १७१ पटक हेरिएको
शुक्रबार, माघ ०२, २०८२ समय : १३:२५:३७ , ३ घन्टा अगाडि
सेन्चुरी ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक शोभना दुगड अन्तर्राष्ट्रिय महिला उद्यमी अवार्डबाट सम्मानित भएकी छन् । शोभना दुगड नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार मोतीलालदुगडका श्रीमती हुन् ।

सार्क स्तरीय तीन देशबाट तीन महिला अन्तर्राष्ट्रिय महिला उद्यमी अवार्डका लागि छनौटमा परेका थिए । नेपालको तर्फबाट छनौट भएका शोभना दुगडलाई श्रीलंकाका प्रधानमन्त्रीले प्रतिष्ठित अन्तर्राष्ट्रिय महिला उद्यमी अवार्ड प्रदान गरेको हो ।
सार्क स्तरीय तीन देशका महिला उद्यमी मध्ये डब्लु सी.आई.सी. ले शोभना दुगडलाई अन्तर्राष्ट्रिय महिला उद्यमी अवार्डबाट सम्मानित गरेको हो ।
यस अवार्डले शोभना दुगडको कडा मेहनत, परिश्रम, लगनशीलता, समर्पण र प्रेरणादायी उद्यमशीलताको भावनालाई दर्साउँछ ।
१ सय भन्दा बढी प्रकारको खाद्यान्न सामग्री उत्पादन गरिरहेको सेन्चुरी ग्रुप अर्फ कम्पनीले ५ सय भन्दा बढी श्रमजीवीलाई रोजगार उपलब्ध गराएको छ । सेन्चुरी ग्रुप अर्फ कम्पनीको हस्पिटालिटीमा समेत लगानी रहेको छ ।